राजनीति

एमालेपछि पुनः माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको आवाज गुञ्जिदैँ

काठमाडौं । देशको दोस्रो पाटी नेकपा एमालेभित्रको विवाद टुङ्गिन नपाई नेकपा माओवादी केन्द्रमा नेतृत्व फेरबदलको आवाज गुञ्जिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबिचको नेतृत्व हस्तान्तरणको विषयमा पुनः तर्क बिर्तक सुरु भएको छ । यसअघि पनि नेकपा माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरणको विषय उठेपछि प्रचण्ड र शर्माबिचको सो विवाद सामाजिक संजालदेखि सडकसम्म नै उछिटिएको थियो । सो विवाद पुनः सतहमा आउन थालेका छन् । बुधबार काठमाडौंमा आयोजित पुष्पलाल स्मृति कार्यक्रममा प्रचण्डले पार्टीभित्र विभिन्न मत राख्ने छुट आफैंले दिएको बताउँदै जनवादको परिभाषा के हो भनेर उल्टै प्रश्न तेर्स्याए।

ूकेही साथीहरूले पार्टीभित्र सिँगौरी खेलेकै छन्, त्यो रोकिएको छैन। मैले बादल र किरणलाई हटाएको होइन। छलफल र बहसका लागि स्थान दिएको छु। योभन्दा बढी जनवाद के हुन्छ ? प्रचण्डले टिप्पणी गरे। अध्यक्ष प्रचण्डे महासचिव शर्मालाई सो जवाफ दिएपनि नेतृत्व परिवर्तनको रहर चाँही छैन, अध्यक्ष प्रचण्डलाई । सोही कारण प्रचण्डले शर्मालाई नरम भाषामा जवाफ दिएका छैनन्, उनले विगतमा भन्दै आएका थिए –नेतृत्व परिवर्तन पार्टीले गर्न चाहेमा आफू तयार रहेको तर व्यक्तिले भनेर केही नहुने भन्दै कटाक्ष समेत गरेका थिए ।

जनार्दन शर्माले एक दिनअघि पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए। त्यसको प्रतिउत्तरमा प्रचण्डले आफूलाई ‘उदार’ ठहर गर्दै उल्टै केही नेताहरूलाई ‘छटपटी’ भएको आरोप लगाए। यसको अर्थ प्रचण्डलाई शर्माले अब माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको विषयमा कडा रुपमा आवाज उठाउँछन् ।

“३६ वर्ष पार्टी नेतृत्व गरेपछि पनि किन अझै मलाई छोड्दैन भन्छन्?” भन्दै प्रचण्डले शान्ति प्रक्रिया, विद्रोह र पार्टी एकताको इतिहास सम्झाए। “मैले छोडे देश झन् बर्बाद होला कि भन्ने लाग्छ,” उनले दोहोऱ्याए।

कार्यक्रममा प्रचण्डले सबै वामपन्थीहरूलाई ‘दलाल पुँजीवाद’विरुद्ध एकजुट हुन आह्वान गरे। “एकता र मोर्चा आवश्यक छ, त्यही नै पुष्पलालप्रति सच्चा सम्मान हो,” भन्दै उनले वाम दलहरूलाई शक्ति सन्तुलन गर्न आग्रह गरे। प्रचण्डले विगतमा पनि कम्यूनिष्ट एकताका विषयमा विभिन्न छलफल नगरेका होइन् तर कार्यान्वयन भने गरेनन् नै सोही कारण नेपाली राजनीतिमा प्रचण्डलाई रङ परिवर्तन गर्न सक्ने छेपारो जस्तै भएको कतिले बताउँछन् । जनताको आवाज कम सुन्ने कारण नेताहरु विवादमा आउने गरेका उदाहरणहरु प्रसस्त नै पाइन्छन् ।

प्रचण्डको यो धारिलो जवाफले माओवादी केन्द्रभित्रको नेतृत्व संघर्ष झनै खुल्ने संकेत दिएको छ। अब जनार्दन शर्मा कुन कदम चाल्छन्, त्यो चासोको विषय बन्नेछ। शर्माले नेतृत्व परिवर्तनको कुरा नैतिकताको संस्कार सिकाउने तयारी चाँडैँ थाल्ने तयारीका साथ अगाडी बढ्ने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *