काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पौडेलले विधानमा गर्नुपर्ने संशोधनबारे विस्तृत प्रस्तुति दिएका हुन्।
पौडेलको प्रस्तावपछि महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। बैठकपछि राजनीतिक प्रतिवेदन पनि प्रस्तुत हुने बताइएको छ।
तीनवटा प्रस्तावमा छलफल हुने तयारी छ भने केही नेताहरूले भने विधान हेरफेरप्रति असन्तुष्टि जनाएका छन्। बिहीबारको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले विधान संशोधनको विषयमा आपत्ति जनाएका थिए।
पार्टीभित्र नेतृत्व संरचना र संगठनात्मक मोडेलमा फेरबदल गर्ने तयारीसँगै नेताबीच मतभेद सतहमा आएको देखिएको छ।




