काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरू पनि सहभागी भएको भन्ने चर्चा चुलिँदै गएपछि गृहमन्त्री रमेश लेखकले छानबिनको आदेश दिएका छन्। गृहमन्त्री लेखकले सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। मन्त्री लेखकले भ्रमणका लागि आवश्यक भिसा कसले र कुन प्रक्रियाबाट व्यवस्थापन गर्यो भन्ने विषयमा समेत अनुसन्धान गर्न भनिएको बताए।
“प्रधानमन्त्रीको आधिकारिक टोलीबाहेक स्पेन कसरी र कसको माध्यमबाट गइयो रु भिजिट भिसाको प्रबन्ध कसले गर्यो रु भन्ने कुराको गहिरो छानबिन हुनेछ,” मन्त्री लेखकले स्पष्ट पारे। अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९ऋक्ष्द्य० र मानव बेचबिखन अनुसन्धान ब्युरो ९ब्लतष्(ज्गmबल त्चबााष्अपष्लन द्यगचभबग० लाई दिइएको छ। गृहमन्त्रीले दोषी पाइए कानुनी कारबाही हुने स्पष्ट संकेत पनि दिएका छन्।
प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणका लागि प्रस्थान गरेका थिए। भ्रमणसँगै देखिएको शंकास्पद गतिविधिले सरकारभित्रै सनसनी फैलाएको छ। अबको अनुसन्धानले भ्रमणसँग सम्बन्धित छायाँ गतिविधिहरुमा सत्यतथ्य उजागर हुने अपेक्षा गरिएको छ।




