काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो १०० दिनको कार्यकालको समीक्षा गर्दै विभिन्न सुधार र योजनागत उपलब्धिहरू सार्वजनिक गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा शाक्यले ऊर्जा सुरक्षा, भरोसायोग्य आपूर्ति, वित्तीय सुधार, र सेवा प्रवाहमा पारदर्शितालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरे।
उनले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज र ब्याट्री एनर्जी स्टोरेज, उत्तरगंगा र अपर अरुण परियोजनाको लाइसेन्स प्रक्रिया अघि बढाइएको बताए। औद्योगिक क्षेत्रका लागि विद्युत् आपूर्ति विस्तार, डेडिकेटेड लाइन विवाद समाधान र प्रमुख ग्राहकको सम्मानलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
ग्राहक सेवातर्फ, नयाँ भुक्तानी गेटवे, मोबाइल एपमार्फत समस्या दर्ता प्रणाली, र ९०० विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ। चार नयाँ सबस्टेसन, ११० एमभीए क्षमताका क्यापासिटर बैंक, र १०४ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको जानकारी दिइयो।
वित्तीय व्यवस्थापनमा, १० अर्ब ऋण र २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अर्थ मन्त्रालयबाट सहमति लिइएको छ। कर्मचारी मूल्यांकन प्रणाली अनलाइनमार्फत सुरु गरिएको छ।
विद्युत् व्यापारतर्फ, भारतमा दैनिक ६२५ मेगावाट र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। ७७।९७ मेगावाटका जलविद्युत् तथा सौर्य आयोजना सञ्चालनमा आएका छन् भने १७० मेगावाट सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ।
शाक्यले अन्त्यमा भने, “१०० दिनमा संरचनागत सुधारको जग राखिएको छ, अब त्यसलाई तीव्र गतिमा अघि बढाउने छौं।”
पूर्णपाठ यस्तो छ :
HitendraDev-100Days-1751966290




