देश

बाढी पीडितको सहयोगमा लाग्न देउवाको अपिल, सरकारलाई प्रभावकारी राहतको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रसुवामा आएको विनाशकारी बाढीपछि पीडितको उद्धार र राहतमा जुट्न स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीले १८ जना सम्पर्कविहीन, १०० बढी गाडी बगिएको, र जलविद्युत आयोजना तथा पुलहरूमा व्यापक क्षति पुगेको छ।

देउवाले सरकारलाई पनि राहत र उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्। उनले विपद् व्यवस्थापनमा ढिलाइ नहुने गरी सबै संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस सभापतिले संकटको बेला सबै नागरिक, सुरक्षाकर्मी र सरकारी संयन्त्र एकजुट भई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *