राजनीति

अमरेशसँगको ऐक्यबद्धता देखाउँदै संसदबाट बाहिरियाे रास्वपा

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सोमबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लागेका गृहमन्त्री लेखकबारे छानबिन समितिको माग गर्दै रास्वपाले संसदमा निरन्तर आवाज उठाइरहेको छ। सोमबारको बैठकमा पनि पार्टीले आफ्ना माग सम्बोधन नभएको भन्दै सदनको कारबाहीमा भाग नलिने निर्णय दोहोर्यायो।

बैठक सुरु हुनुअघि केहीबेर नाराबाजी गरेपछि रास्वपाका सांसदहरू बैठकस्थल छाड्दै बाहिरिए। संसद भवनबाट बाहिरिने क्रममा उनीहरूले स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग हात मिलाएर ऐक्यबद्धता जनाए। सिंहले आइतबारको बैठकमा सभामुखको आलोचना गर्दै रास्वपाको आवाज दबाउने प्रयास भइरहेको टिप्पणी गरेका थिए।

संसदको वातावरण दिनानुदिन तनावपूर्ण बन्दै जाँदा रास्वपाले सरकार र सभामुख दुवैलाई निष्पक्षताको पालना गर्न आग्रह गर्दै आएको छ। तर मागहरू सम्बोधन नहुँदा बहिष्कारबाट दबाब दिने रणनीति अपनाइरहेको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *