राजनीति

तीनकुने घटना प्रकरण : थुनामा रहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईँबारे बल्ल बोले राप्रपा सांसद राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले चैत १५ गतेको तीनकुने घटनाप्रकरणमा थुनामा परेका मेडिकल व्यावसायी तथा धर्म संस्कृति तथा नागरिक बचाउ अभियानता दुर्गा प्रसाईबारे बल्ल मुख खोलेका छन् । सोही घटना प्रकरणमा अदालतको आदेशमा राप्रपा अध्यक्ष रविन्द्र मिश्र जनही तीन लाख धरौटीमा रिहा भएपछि उनले पहिलोपटक दुर्गा प्रसाईंको बारेमा प्रतिनिधिसभाको बैठकमा बोलेका हुन् । उनले भने,“तीनकुनेको घटना कुनै व्यक्तिगत आकस्मिकता होइन, राज्यको उत्तेजनाले भएको प्रतिक्रिया हो । ” यस्तै राणाले सो घटना सरकारको दमनकारी शैलीको परिणाम भएको आरोप लगाए।

सांसद राणाले प्रसाईंलाई ुनिमुखा जनताको पक्षमा आवाज उठाउने व्यक्ति भन्दै समर्थन जनाए। “प्रसाईं त तिनै निमुखाका लागि लडिरहेका छन्, तर राज्यले त्यसलाई दमन गर्‍यो,” भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। तीनकुने घटनामा राज्यको भूमिकाले स्थिति चर्किएको भन्दै, राणाले सरकारले आत्मसमीक्षा गर्नुपर्ने र ‘आन्दोलन दबाउने होइन, सुन्ने प्रवृत्ति’ विकास गर्न आग्रह गरे।

उनको यो अभिव्यक्तिले राप्रपाले सडक आन्दोलन र प्रतिरोधको विषयमा कता उभिने हो भन्ने सन्देश दिन थालेको छ। दुर्गा प्रसाईंलाई समर्थन गर्दै राणा संसदभित्रै गर्जिएपछि, आगामी दिनमा उक्त घटनालाई लिएर राजनीतिक ध्रुवीकरण झनै गहिरिन सक्ने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *