देश

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ।सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ  ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक बुधबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति छलफल हुनेछ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन तर पछिल्ला राजनीतिक घटनाक्रम, संसद् अवरोध र बजेटप्रति दलको धारणा जस्ता विषयमा छलफल हुने अनुमान गरिएको छ।

यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेलाई बैठक तय गरिसकिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *