देश

अदालतमा हाजिर भए रवीन्द्र मिश्र

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । तीनकुनेमा भएकाे राजावादीहरुकाे अराजक आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए ।

अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू भएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बयान हुनेछ । बयानपश्चात पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ । हिजोमात्र अदालतमा उपस्थित भएर बयान दिएका राप्रपाका सांसद धवलशमशेर राणा भने ३ लाख धरौटी तिरेर छुटेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *