काठमाडौं । राजावादी आन्दोलनमा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का महामन्त्री धवलशमशेर जबरा सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।
उनीमाथि २०८१ चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा संलग्न भएको आरोप छ। सो आन्दोलनका क्रममा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुर अन्तर्गत अभियोग दर्ता गरिएको छ। सरकारले ती चार वटै मुद्दामा राणा विरुद्ध सजायको मागदाबी गरेको छ।
यसअघि अनुसन्धानपछि प्रहरीले जबरालाई हाजिर जमानीमा रिहा गरेको थियो। तर, मुद्दा दर्ता भएपछि उनी प्रहरी सम्पर्कबाट बाहिर रहेको बताइएको छ। स्वास्थ्य उपचारको कारण देखाउँदै उनी सम्पर्कविहीन भएका थिए। उक्त प्रदर्शनमा सहभागी अन्य ६५ जनालाई पनि प्रतिवादीका रूपमा अभियोजन गरिएको छ। अदालते उनलाई बारम्बार बयानका लागि उपस्थित हुन आग्रह गर्दा समेत फरार रहेपछि पुनः पक्राउको काम थाल्ने प्रक्रिया अगाडी बढाउने तयारीमा थियो अदालत । तर उनी ढिलै भएपनि अदालतमा उपस्थित भएका छन् ।




