राजनीति

बालेन–सुनिता भेटपछि काठमाडौं महानगरमा वार्ताको ढोका खुलेको संकेत

काठमाडौं । लामो समयदेखिको चिसोपन हट्दै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच बुधबार भेटवार्ता भएको छ। केही वडाध्यक्षको उपस्थितिमा भएको छलफलमा दुवैले कार्यपालिका बैठक चाँडै बोलाउने सहमति जनाएका छन्।

महानगर स्रोतका अनुसार, बैठकमा बजेट केन्द्रित छलफल प्रमुख विषय थियो भने बाँकी विवादहरू क्रमिक रूपमा समाधान गरिने सहमति भएको छ। यद्यपि कार्यपालिका बैठक कहिले बस्ने भन्ने मिति भने अझै तय भएको छैन। एक वडाध्यक्षले भने, “हिजो लामो छलफल भयो। उपप्रमुखले आफ्ना धेरै कुरा राख्नुभयो, मेयरले पनि आफ्ना धारणा राख्नुभयो। अब कार्यपालिका बैठकलाई प्राथमिकता दिँदै, अन्य विषयहरू समाधान गर्दै जाने सहमति भएको हो।”

केही महिनादेखि मेयर र उपमेयरबीच नगरको निर्णय प्रक्रियामा समन्वयको अभाव देखिएको थियो। सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा अलगअलग सन्देश दिने उनीहरूबीच संवादविहीनता र आन्तरिक विवाद चर्चामा थियो। भेटवार्ताले काठमाडौं महानगरभित्र निर्णय प्रक्रिया अगाडि बढ्न थालेको संकेत दिएको छ। कार्यपालिका बैठक बस्नासाथ आगामी बजेट र नीतिहरू तय गर्न बाटो खुल्नेछ। नागरिकस्तरमा नगरपालिकाको निष्क्रियताप्रति चासो बढिरहेका बेला आएको सहमतिले केही आशा जगाएको छ।

सुरुमा निकै चम्किएका बालेन पछिल्ला समयमा भने मनोपोली दलहरुको दबाबले मौन बस्दै आएका थिए । काठमाडौंँ महानगरपालिकालाई विभिन्न दृष्टान्तले निकै अगाडी बढाइरहेका बालेन पछिल्लो समय भने मनोपोलीमा चल्दै आएका थिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *