काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अहिले मुख्य दोषी ठहर गर्दै थुनामा राखिएको छ, तर उनीसँगै संलग्न मानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा भने फरार छन्।
अदालतको आदेशमा रिहा भएका उनीहरू स्वास्थ्य उपचारको नाममा थुनाबाट निस्के पनि अहिले सम्पर्कविहीन छन्। प्रहरीका अनुसार, अदालतमा सुरु भएको थुनछेक बहसमा पनि दुवै नेता अनुपस्थित रहे। अदालतले उनीहरूलाई जिम्मा लिएका सचिव र कानुनी प्रतिनिधिलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। उनीहरूका स्वकीय सचिव र कानुनी प्रतिनिधि (वकिल) फन्दामा परेका छन्
तीनकुने घटनापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता दीपक सिंह र पूर्वअध्यक्ष कमल थापा सरकारविरुद्ध सडकदेखि संसदसम्म चर्को विरोधमा उत्रिएका थिए। तर, अब आफ्नै नेताहरू फरार भएपछि उनीहरू मौन छन्। मिश्र र राणा पछिल्ला राजावादी आन्दोलनमा सहभागी छैनन्, र पार्टीले उनीहरूलाई भाग्न सल्लाह दिएको भन्ने आलोचना पनि भइरहेको छ।
यो मौनता र छायाँभित्रको रणनीतिप्रति राप्रपाभित्रै असन्तोष बढेको चर्चा छ। पार्टीभित्रको राजावादी आन्दोलनको दोस्रो चरणमा मिश्र र राणाको अनुपस्थितिलाई कतिपयले त्याग होइन, रणनीतिक पलायन मानिरहेका छन्। तीनकुने घटनामा १०८ जना प्रतिवादीमध्ये लगभग ६५ जना विरुद्ध मुद्धा चलाइएको छ । उनीहरु अहिले हिरासतमा परेका छन् । तर, सशक्त र ठूला राजनीतिक छायाँमा रहेका व्यक्तिहरू जोगिने प्रयासमा हुनु न्याय प्रणालीप्रति प्रश्न उठाउने विषय हो। विशेषगरी, स्वास्थ्य उपचारुको बहानामा रिहा भएर सम्पर्कविहीन हुनु र फेरि अदालतको कार्यवाहीमा उपस्थित नहुनु, राजनीतिक संरक्षणको गन्ध दिने स्थिति बनिरहेको छ।
तीनकुने घटना अब केवल सडक आन्दोलनको परिणाम होइन, यो राजनीतिक जवाफदेहिता र कानुनी निष्पक्षताको गहिरो परीक्षण बनेको छ। दुर्गा प्रसाईँमाथि सम्पूर्ण दोष थुपारिँदा मिश्र र राणाको भूमिकालाई किन चुपचाप बेवास्ता गरिँदैछ ? राप्रपाका शीर्ष नेताहरूको मौनता, अनुसन्धानप्रति उदासीनता र उज्यालो अनुहारलाई जोगाउने प्रयासले न्यायको साख नै जोखिममा पारेको छ।काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो । उनीहरू दुवैविरुद्ध समान कसुरमा अभियोजन भएको हो ।
सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा दुवैजना विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भइसकेको छ । काठमाडौं जिल्ला प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूसहित ६५ जना विरुद्ध आइतबार मुद्दा दायर गरेको हो । गत चैत १५ राजावादीहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिको आह्वानमा भएको प्रदर्शनको कमान्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको थियो ।
उनीहरुमाथि पूर्व तीनकुने घटनामा मुद्धा चलेपछि पछिल्ला आन्दोलनहरूमा नदेखिनु चासोको विषय बनेको छ। ती नेताहरूको अनुपस्थितिले राजावादी आन्दोलनभित्रको आन्तरिक समन्वयमा दरार देखिएको अनुमान गरिएको छ। राजावादी आन्दोलनको तीव्रता, नेताहरूको गिरफ्तारी, र सत्ता पक्षको प्रतिकारको सन्देशबीच मुलुकको राजनीतिक वातावरण थप तनावपूर्ण बन्न थालेको छ। आन्दोलन शान्तिपूर्ण ढंगले समाधानतर्फ मोडिने हो कि झन् अराजक स्वरूप लिन्छ—अब सरकार, सुरक्षा निकाय र दलहरूका निर्णयमा निर्भर रहनेछ।
तीनकुने घटना प्रकरणमा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भइसकेको छ । अहिले उनी काराघारमा छन् । तीनकुने प्रदर्शनका जनकमान्डर प्रसाईंविरुद्ध पाँच वटा अभियोग लगाइएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा सजाय हुनुपर्ने मागदाबी लिएर अभियोग पत्र दर्ता भएको हो । प्रहरीले पनि प्रसाईंविरुद्ध पाँच वटा मुद्दा चलाउनुपर्ने रायसहितको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तीनकुनेमा प्रदर्शनकारीले घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । प्रसाईंले प्रहरीलाई मारौंला झै गरेर गाडी दौडाएका थिए । उनले ‘आउ, आउ’ भन्दै प्रदर्शनकारीलाई उक्साएका थिए ।प्रदर्शन अघि पनि अराजक अभिव्यक्ति दिएर उनले भीडलाई भड्काएका थिए ।
केही दिन अघि राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलनमा उर्तिएका राजावादी नेता तथा कार्यकर्ता तथा राप्रपा सांसद दीपक सिंह पूर्वगृहमन्त्री र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना नेताहरू पक्राउ परेका थिए । तर पछि उनीहर्रु रिहाई भए । राजावादी आन्दोलन अब सुकेको छ । बुधबार राजावादी आन्दोलनमा सहभागि भएकाहरुले नै खैलाबैला मच्याँएपछि अब राप्रपा आन्दोलन स्थगित भएको छ ।




