देश

रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेश

 

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

मिश्र ५० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए । उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ ।

१५ चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । उनलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

थुनामुक्त भएपछि रविन्द्र मिश्रले भने –“म राजनीतिक मान्छे हुँ, मैले विचार राखेको हुँ, अपराध गरेको होइन”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *