देश

बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको बताएका छन् ।

झ्यापझ्याप बिजुली जाने समस्या भएपछि उनले फेसबूकमा लेखेका छन्— ‘देश नै डुबाउदा पनि जनताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ । हेप्ने सरकारलाई ?’

खासगरी बिहीबारदेखि झ्याप्प झ्याप्प बत्ति जाने समस्या बढेपछि नेपाल विद्युत प्राधिकरण र सरकारको सामाजिक सञ्जाल र मिडियामा आलोचना बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *