काठमाडौँ। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको सम्मेलन ‘सगरमाथा संवाद’ आजदेखि काठमाडौँमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँ आयोजित एक विशेष समारोहमा यस संवादको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ। समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अतिथिहरूलाई स्वागत गरेकी थिइन्।
उद्घाटन समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ। आइतबारसम्म चल्ने यस संवादमा उद्घाटन समारोहपछि विभिन्न विषयगत र समानान्तर सत्रहरू सञ्चालन हुनेछन्।



