राजनीति

सांसद निधिको प्रस्ताव : बजेटको मिति सार्न संविधान संशोधन गरौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद विमलेन्द्र निधिले जेठ १५ गते पर्ने गणतन्त्र दिवसको महत्त्वलाई ध्यानमा राख्दै सो दिन बजेट प्रस्तुत गर्ने परम्परा हटाउन संविधान संशोधनको प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद निधिले गणतन्त्र दिवस र बजेट दुवै महत्वपूर्ण भए पनि गणतन्त्रको महत्व अझ गहिरो भएको भन्दै संविधानमै बजेट मिति फेरिनुपर्ने धारणा राखे।

ूगणतन्त्रको गहिरो सन्देशलाई सम्मान गर्नुपर्छ, उनले भने,‘ संविधानमा जेठ १५ गते बजेट ल्याउने व्यवस्था भए पनि आवश्यक परे संशोधन गरेर अर्को मितिमा सार्न सकिन्छ।’ निधिको प्रस्तावले अब बजेटको मिति पुनः समीक्षा गर्ने बहस संसद्‌मा थप चुलिन सक्ने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *