देश

कालीगण्डकी दोहनमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कालीगण्डकी नदीमा भइरहेको बालुवा र गिट्टीको अवैध उत्खननमा जनप्रतिनिधि र सरकारी कर्मचारीहरूकै संलग्नता रहेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा सम्बोधन गर्दै सांसद केसीले सरकार रमिते बनेर हेरिरहेको भन्दै गम्भीर आपत्ति प्रकट गरे। उनका अनुसार, बागलुङ क्षेत्र नं. १ अन्तर्गत कालीगण्डकीको बालुवा दोहन यति चरम छ कि यसअघि पनि यो विषय संसद्मा उठाइएको थियो। तर, सरकार र सम्बन्धित निकायले कुनै कदम नचालेको भन्दै उनले आक्रोश व्यक्त गरे।

केसीले ूबालुवा र गिट्टीको अनियन्त्रित उत्खनन नरोकिए कालीगण्डकी करिडोरको सडक भासिने जोखिम रहेकोू चेतावनी पनि दिए। सर्वोच्च अदालतले उत्खनन रोक्न आदेश दिए पनि स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा लुटपाटजस्तै दोहन जारी रहेको उनको भनाइ छ।

उनले सम्बन्धित मन्त्रालयलाई तत्काल कडाइका साथ रोकथामको पहल गर्न आग्रह गर्दै ूयो लुटपाट बन्द गरियोस्ू भन्ने कडा चेतावनी पनि दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *