रिबन

इन्धन अभावको हल्लापछि नेपाल आयल निगम भन्यो – इन्धनको अभाव हुँदैन् ,चिन्ता गर्नुपर्दैन

काठमाडौं । भारत–पाकिस्तानबीचको तनावले भारतमा इन्धन विशेषगरी एलपी ग्यासको अभाव हुने हल्ला फैलिएपछि उपभोक्तामा हतारो बढेको छ। तर, नेपाल आयल निगमले भने नेपालमा आपूर्ति सहज रहेको र अभावको अवस्था नरहेको स्पष्ट पारेको छ।

इन्डियन आयल कर्पोरेसनले भारतमा पनि ग्यासको अभाव नरहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरिसकेको छ। भारतको उत्तरी क्षेत्रमा युद्धको सम्भाव्य असर पर्ने आशंकाले यस्तो हल्ला फैलिएको बताइएको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार, नेपालमा ग्यास र अन्य इन्धनहरू बिहारको बरौनी, पश्चिम बंगालको हल्दिया र उत्तर प्रदेशको मथुरा रिफाइनरीबाट आपूर्ति हुँदै आएको हुँदा अहिले आपूर्ति शृंखला प्रभावित हुने सम्भावना छैन। भट्टले भने, “अहिलेसम्म कुनै आपूर्ति समस्या छैन, आईओसीबाट पनि कुनै सूचना आएको छैन। नियमित आपूर्ति भइरहेको छ।”

राजस्थान र पञ्जाबमा रहेका एलपीजी बोटलिङ प्लान्टहरू पाकिस्तानको नजिक पर्न आएकाले भारतमा हल्ला फैलिए पनि, नेपालमा आउने इन्धन ती क्षेत्रबाट नभएको कारणले यहाँ तत्काल अभाव हुने सम्भावना नरहेको निगमले स्पष्ट पारेको हो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *