राजनीति

सरकार परिवर्तनको हल्ला प्रचण्डको सत्ता मोह, राजनीति स्थायित्व र संविधानको रक्षामा प्रमुख दुई दल हाईटमा

काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड)पछिल्लो समय मुलुकको राजनीतिक वृत्तमा सरकार परिवर्तनको चर्चा चलाएपछि सरकारले सो हल्ला निराधार भएको बताएकाे छ ।  सत्ताको केन्द्रमा रहेका केही नेताहरूका अभिव्यक्ति, गठबन्धनभित्रको असन्तुलन र प्रतिपक्षका दबाबले राजनीतिक स्थायित्वमाथि प्रश्न उठाएपछि नेपाली काँग्रेस र एमालेले प्रचण्डले सत्ता परिवर्तन हुने भन्दै चलाएको हल्ला सत्य नभएको बताइसकेका छन् ।

नेपाली राजनीतिमा पुनः एक पटक सत्ता मोह र सैद्धान्तिक प्रतिबद्धताको अन्तर्विरोध सतहमा आयो । तर सत्ता केन्द्रित दलहरूले दोहोरो चरित्र गरेका प्रचण्डलाई सत्तामा ल्याएर मुलुकमा पुनः अशान्ति र अराजकता मात्र पैदा हुने भन्दै सत्ता केन्द्रित दलहरूले सत्ता परिवर्तनको हल्ला निराधार भएको बताएका छन् ।

विशेष गरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्तिपछि ‘सरकार फेरिन्छ’ भन्ने चर्चा तातिएको हो। तर, यसलाई धेरैले ‘सत्ता मोह’ को सङ्केतका रूपमा लिएका छन्। देश स्थायित्व र आर्थिक सुधारको अपेक्षामा रहेकै बेला फेरि सरकारको नेतृत्वमा आँखा लगाउनु, लोकतान्त्रिक परिपक्वता भन्दा बढी व्यक्तिगत आकाङ्क्षा देखिन्छ। सो कुरा सत्ता केन्द्रित दलहरू र राजनीतिज्ञ विश्लेषकहरूले समेत बताएका छन् ।

संविधान कार्यान्वयनको दोस्रो चरणमा आइपुगेको नेपालमा अबको प्राथमिकता राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण हुनुपर्छ।  सङ्घीय संसद्मा रहेका दुई प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले नै   निर्णायक भूमिकामा रहेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताले भन्ने बितिक्कै  सरकार नढल्ने स्पष्ट पारेको छ ।केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दाबीको खण्डन गर्दै काँग्रेसले यस्तो बताएका हुन् ।

काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले ‘प्रमुख प्रतिपक्षी दलको आंकाक्षा स्वतः  सरकार ढलिहालोस् भन्ने चाहने तर सत्ताप्रतिपक्षले भन्ने बित्तिकै सरकार नढल्ने दाबी गरेका छन् । काँग्रेस र एमाले बिचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा आज सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।प्रचण्डले ओली सरकार ढाल्न काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेकोसमेत बताएका थिए।

तर सभापति देउवाले विगतमा प्रचण्डले जादुको छडी भन्दै काँग्रेस र एमालेलाई धोका दिएको बिर्सिएका छैनन् ।  प्रचण्डले सडकमा विभिन्न आन्दोलनका नारा चलिरहेका बेला सडकको मासलाई देखाएर आफू सत्तामा जान खोजेको प्रमुख सत्ताकेन्द्रितहरुले मात्र बुझेका छैनन् सर्वसाधारणले समेत स्पष्ट नै बुझिसकेका छन् ।  सहकारी ठगी प्रकरणमा मुछिएकाहरू रास्वपा सभापतिलाई पनि सत्ता परिवर्तन गरेर उन्मुक्ति दिने रणनीति प्रचण्डको छ । त्यति मात्र होइन नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई सत्तामा राजनीतिक भागभण्डमा मन्त्रालय सुम्पिने रणनीति समेत प्रचण्डको छ।

यस्तै प्रचण्डले सत्तामा प्रवेश गर्न सके,गत चैत्र १५ गत्ते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादी हिंसात्मक आन्दोलनमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र राप्रपाका नेता धवलशम्शेर राणा र रविन्द्र मिश्र लगायतका लागि छुट दिने,र सो घटनामा सरकारको आलोचना गर्ने प्रचण्डको आन्तरिक रणनीति राजनैतिक वृत्तमा सत्ताधारी दल नेपाली काँग्रेस र नेकपा एमालेले प्रस्ट नै बुझेका छन् ।

दुई दलले संसद्मा बहुमतको गणित मिलाउने र सरकार स्थिर राख्ने जिम्मेवारी पनि बोकेका छन्। पछिल्लो घटनाक्रममा काँग्रेसले खुलेरै भनिसकेको छ — “एक जना नेताको भनाइमा सरकार बन्ने वा ढल्ने हुँदैन।” यसले राजनीतिक यथार्थभन्दा पनि व्यक्तिगत आकाङ्क्षाको राजनीति हाबी हुन थालेको सङ्केत दिन्छ।

सरकार परिवर्तनका लागि ‘सत्ता समीकरण’ भन्दा बढी आवश्यक हुन्छ नीतिगत समानता, सार्वजनिक समर्थन र संविधानप्रति प्रतिबद्धता। प्रचण्डको वर्तमान अभिव्यक्तिलाई धेरैले संविधान विपरीत शक्तिको प्रयोगको तयारीका रूपमा पनि लिएका छन्। संविधानले दिएको सङ्घीय संरचना, समावेशी शासन प्रणाली र स्थायी सरकारको अवधारणालाई कमजोर पार्ने जुनसुकै प्रयास लोकतन्त्र र जनमतप्रति अपमान हुने भएकाले   प्रमुख दलहरूको भूमिका संविधानको रक्षामा अहम देखिन्छ ।

राजनीति परिवर्तनशील अवश्य हो, तर सत्ताको निरन्तर पुनरावृत्तिले प्रणालीलाई कमजोर बनाउँछ। प्रचण्डको सत्ता मोहले होइन, सङ्घीय संसद्मा रहेका प्रमुख दलहरूको सहकार्य र परिपक्वताले नै देशलाई स्थायित्वतर्फ डोराउनेछ। सामूहिक जिम्मेवारी, साझा प्रतिबद्धता र जनताप्रतिको उत्तरदायित्व — यही हो आजको राजनीति सफल बनाउने मन्त्र। सत्ता होइन, स्थायित्व आवश्यक छ। यही मूल मन्त्रमा सरकार टिक्न र संविधान जोगिन सक्ने समेत सत्ता केन्द्रित दल नेकपा एमाले र काँग्रेस स्पष्ट रूपमा सार्वजनिक गरिसकेको छ । सत्तारुढ दल नेपाली काँग्रेसले गठबन्धनभित्र रहेका दलहरूबिचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

यस्तै गृहमन्त्री रमेश लेखकले समेत काङ्ग्रेसभित्र पपुलारिटीका लागि सरकारका बारेमा विरोध गर्ने महामन्त्री शर्मा र थापालाई तथ्याङ्क हेरेर मात्र बोल्न निर्देशन दिएका छन् । सरकारले सकारात्मक काम गर्दै गएको आर्थिक सुचाङ्कले नै अर्थतन्त्रमा सुधार आएको देखाएको प्रष्टिकरण गर्दै गृहमन्त्री लेखकले महामन्त्रीहरुलाई सत्य, तथ्यका आधारमा मात्र बोल्नुपर्ने स्पष्ट पारे ।

सरकार परिवर्तनका विषयमा सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति छिट्टै हुने स्पष्ट पार्दै गठबन्धनका मुख्य दलहरूबीच सहमति भइसककोले सरकार परिवर्तनको हल्ला गलत भएको प्रष्ट नै पारे । बुधबार
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले योग्य र मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सक्ने क्षमताको गभर्नर नियुक्त गर्न ढिलाइ भइरहेको बताएका छन्। उनका अनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच यस विषयमा सहमति भइसकेको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले अवसरवादीले सरकारमा बसेर देशमा सन्तुलन ल्याउन नसक्ने समेत बताएका छन् । प्रधानमन्त्री ओलीले विगतको तुलनामा सरकारले सक्रियतापूर्ण काम गरेको भन्दै सरकार परिवर्तन गरेर बारम्बार सत्ताका लागि संसद्मा झगडा हेर्न आफूले नचाहेको भन्दै देखिएका समस्या समाधानमा दुई ठुला दलहरू बसेर संयन्त्रमार्फत नै बहस गर्न आवश्यक रहेको स्पष्ट पारेका थिए  ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अहिले सरकारले परिवर्तनको हल्ला निराधार भएको भन्दै आफूहरू अहिले सरकारमा जान नचाहेको स्पष्ट पारेका छन् । अध्यक्ष नेपालले बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टी अहिले जनतामा जाने र जनताका समस्या बुझ्ने काममा केन्द्रित रहेकाले सरकारमा जाने चाहाना नभएको स्पष्ट पारेका हुन् । ख राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको अध्यक्ष प्रचण्डले बताए

 

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ सम्म सरकारमा नजाने दावी गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा आज रुपन्देही पुगेका उनले त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । यसअघि प्रचण्डले सत्तामा जान विभिन्न सरकारलाई आरोप लगाउँदै आएका थिए । बिहीबार भैरहवामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले) र नेपाली कांग्रेसले सरकार गठनका बेलामा गरेकाे   सम्झौतालाई  संविधान संशोधनको विषयमा चासो दिन आवश्यक रहेको बताए । “स्थिरताका लागि संविधान संशोधन जरुरी छ । दश वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्छ,” उनले भने, “संविधान संशोधन जनताका अधिकार कुण्ठित बनाउन होइन, अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ ।”

उनले अहिले पार्टीका कमीकमजोरी सुधार गरेर अघि बढ्ने समय रहेको बताए । पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उनले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए। उनले भने, “राजतन्त्र ल्याएर फाइदा छैन। व्यक्ति विशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिन्छ।” अध्यक्ष  प्रचण्डले नेपालीहरू आफ्नो देश चलाउन, अघि बढाउन, देशको सम्मान, स्वाभिमान र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्षम रहेको बताए। शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *