काठमाडौं । आज बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकले गठबन्धन र सरकारमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले कुनै समस्या नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले सरकारमा कुनै समस्या नरहेको स्पष्ट पारे । ‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं,’ उनले भने ।
उनले बाहिर आएको जस्तो गठबन्धनमा तित्तता आएको, सरकार ढल्ने लगायतका हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।




