
काठमाडौँ । नेपाली (कांग्रेस)को पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसिरहेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक केहीबेरअघि सुरु भएको हो ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनमा पार्टीको तर्फबाट प्रभावकारी प्रस्तुतिका विषयमा छलफल गर्ने एजेन्डा छ ।
यस्तै, पछिल्लो समयमा राजावादीहरूको बढ्दो सक्रियता र त्यसबारे पार्टीको आगामी रणनीतिबारे पनि छलफल हुने बुझिएको छ ।