काठमाडौं । संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।
अनुगमन, निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीले धनको क्षति भएको बताए । यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए ।




