देश

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनतालाई तिरष्कार गरेर सत्तापत्ता खेलिरहने विद्रूपमा बन्ध्याकरण भएको बताएका छन् । शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘६ महिनायता संसदीय राजनीतिमा देखिएको एउटा सुखद सन्दर्भ भन्न चाहन्छु, सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्कै डुङ्गा चलाउने अनि मुलुक र जनतालाई तिरष्कार गरेर सत्तापत्ता खेलिरहने विद्रूपमा बन्ध्याकरण भएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तामाबाट मुक्त भएको बताएका छन् । प्रधानमन्त्री ओलीले देश र जनताको मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल मिलेको दाबी गरेका हुन् । उनले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *