राजनीति

कांग्रेस संसदीय दलको बैठक जारी, सांसदका प्रश्नको जवाफ दिँदै नेता र मन्त्री

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि हिजोबाट सुरु भएको संसदीय दलको बैठक आज पनि बसको हो ।

आज बसिरहेको बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल, सरकारले जारी गरेको अध्यादेश बारे एकीकृत धारणा बनाउने लगायतका बिषयमा छलफल हुनेछ ।

आजको बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको काम र प्रभावकारिताबारे सांसदले आफ्ना धारणा राख्नेछन् । त्यसपछि मन्त्रीहरुले यो अवधिमा गरेका आफ्ना कार्य र सांसदका जिज्ञासामा जवाफ दिने कांग्रेसले जनाएको छ ।

आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । गत पुस २६ गते बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *