राजनीति

मधेस प्रदेश : अनेरास्ववियु क्रान्तिकारीभित्र कालो बादल , नयाँ नेतृत्व छनोटमा नै विवाद !

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेशमा जारी मतगणना विवादका कारण स्थगित बन्न पुगेको छ । एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको एक विद्यार्थी नेताले जानकारी दिए । मत गणना विवादपछि अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित भएको हो ।

मधेस प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । ती नेताका अनुसार एक मत बदर भएको छ ।

‘मत गणना हुँदा चार मत कम देखिएपछि दुवै पक्षले पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । विवाद हुँदा महासचिवका उम्मेदवार सञ्जय महतोको समूहले पानी खनाएपछि मतगणना स्थगित भएको स्रोतले जनाएको छ । निर्वाचन समितिले अहिले मत सिलबन्दी गरेर राखेको छ । देशमा नयाँ शान्तिपूर्ण क्रान्ति ल्याउने नेतृत्व छनोटका कारणमा विवाद हुनुले अनेरास्ववियु क्रान्तिकारीभित्र कालो बादल लागेको छ । नयाँ नेतृत्वका लागि छनोट हुनेहरुले निष्पक्षतालाई ध्यान दिन नसकेको समाचार स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *