राजनीति

सरकारको तर्फबाट वर्षमा २० हजार बढीले काम नपाउने अवस्था छ : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वेरोजगारीलाई रोजगारीको दिन वातावरण सिर्जना गर्न नसकेको बताएका छन् । बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्नेमा सरकारको तर्फबाट २० हजार बढीले काम पाउन नसकेको भन्दै सरकारले रोजगारीको वातावरण सिर्जना गर्न आवश्यक रहेको महामन्त्री थापाले उल्लेख गरे ।

महामन्त्री थापाले चार लाख ८० हजार मानिससलाई रोजगारीको अवस्था सिर्जना गर्न सरकारले वातावरण सिर्जना गर्न आवश्यकता देखिएको र नीजि क्षेत्रले वेरोजगारीलाई रोजगारी दिने बताए ।

दक्ष जनशक्ति उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उल्लेख गर्दै महामन्त्री थापाले बजारमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

बजारको मागलाई हेरेर विद्यालयमा पढाउने विषयवस्तु राख्नुपर्ने र बढी आम्दानी गर्ने विषयमा पठनपाठन गराउन पाठ्यक्रम निर्माण गर्नुपर्ने महामन्त्री थापाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *