काठमाडौं । धरानवासीको समस्या समाधानका लागि पानी नभएको संकेत गर्ने रित्तो गाग्री लिएर केन्द्रय सरकारसँग पानीका लागि पहल गरिदिन माग गर्दै रित्तो गाग्री बोकेर सोमबार काठमार्डौ आएका धरान उपमहानगरपालिकाका मेयर हर्क सांङपाङले सिहदरबारमा पुगरे खानेपानी मन्त्री प्रदिप यादवसँग भेट गरेका छन् । मंगलबार सिंह दरबारमा भएको भेटमा मन्त्री यादवले धरानवासीको खानेपानीको समस्या चाडैँ नै समाधान हुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आश्वासन दिएका छन् ।
खानेपानी मन्त्री यादव भेट्न मन्त्रालय पुगेका साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निस्कने आश्वासन दिँदै खुसी भएर धरान फर्कन आग्रह गरेका हुन्। धरानवासीको समस्या समाधानका लागि आफु सकरात्मक रहेको भन्दै मन्त्री यादवले खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे । खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जान मन्त्रि यादवले मेयर हर्क साङपाङलाई आग्रह समेत गरेका छन् ।
खानेपानी मन्त्री यादवले धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राईधरानवासीको खानेपानी समस्या समाधानको माग राख्दै मन्त्रालयमा उपस्थित भएको विषयलाई आफुले सकरात्मक लिएको बताएका छन् । खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिने र सोही क्रममा, नगरप्रमुख हर्क साङपाङलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशी साथ धरान फर्कन खानेपानी मन्त्री प्रदिप यादवले आग्रह गरेका हुन् । खाने पानी मन्त्रीसँगको अन्तर्वातापछि मेयर साङपाङ सोही विश्वासमा धरान फर्कनेछन् ।
सिंहदरबारस्थित खानेपानी मन्त्री प्रदिप यादवसँग भेट पश्चात सिंहदरबारबाट बाहिरिएका मेयर साङपाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै धरानमा खानेपानीको समस्या समाधान हुने विषयमा आफू विश्वस्त रहेको बताए । मेयर हर्क साङपाङले ५ अर्ब ७२ करोड डिपीआरको लागि रकम बिनियोजन गर्ने विषयमा मन्त्रालय सकरात्मक रहेको जानकारी दिए । प्रहरीले गाग्राी खोसेको विषय सामान्य भएको प्रतिक्रिया दिए । गृह मन्त्रालयले गाग्री नलिइ आउनु भनेको रहेछ मैँले बुझिँन भन्दै व्याँङग्यात्मक शैलीमा जवाफ फर्काए । मेयर हर्क साङपाङले प्रधानमन्त्रीलाई एउटा पत्र बुझाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएको गाग्री आफूले लिएर धरान फर्कने स्वतन्त्र मेयर हर्क साङपाङले प्रतिक्रिया दिए ।
धरानमा पानी सधैंको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ । हर्कले पनि चुनावी मुद्दा खानेपानीलाई नै बनाएका थिए । स्वतन्त्र मेयर हर्क साङपाङले जनश्रमदानमा निकै संघर्षका साथ धरानमा पानीको विस्तार गरेर धरानेवासीलाई पानी खुवाइरहेका थिए । तर पानीको समस्या हिउँद लागेसँगै झनै बढ्दै आएको धरानवासीको गुनासो रहेको छ । धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ । खानेपानीको विषयलाई लिएर धरानमा विभिन्न विषयमा समेत विवाद हुँदै आएको छ ।




