
काठमाडौँ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ।
२०८१ माघ ७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी शर्म ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला सरकारले अधिवेशन आह्वान गरेको हो।यस अघि गत भदौं ३० गतेबाट संसद अधिवेशन अन्त्य भएको थियो ।