राजनीति

सत्ताको छट्पटीमा प्रचण्ड : सरकारका बारेमा भ्रम छर्दै

काठमाडौं । सत्तामा जान नपाएर छटपटाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सरकारका बारेमा विभिन्न भ्रम छरेर देशमा सामाजिक द्वन्द्व सिर्जना गर्ने खेलमा व्यस्त छन् । विगतमा बारम्बार सत्ता गठबन्धनलाई धोका दिदैँ आएका प्रचण्ड देशमा राजनीति स्थायित्व र देशको समग्र विकासका लागि गठीत  नेपाली काँग्रेस र एमाले नेतृत्वको सरकारको रिस गर्दै सकरात्मक कामको समेत टीकाटिप्पणी गर्दै आएका छन् ।

विगतमा नेकपा माओवादी, काँग्रेस र एमालेसँगको गठबन्धन बारम्बार टुटाएर सत्ताका लागि निरङकुस शैलीले प्रधानमन्त्रीको नेतृत्व गरिरहेका थिए प्रचण्डले । प्रचण्डले नागरिक र जनताका हितमा भन्दा पनि सत्ताको कुर्सीका लागि राजनीति गर्दै सङ्घ,प्रदेश र स्थानीय तहका राजनीतिक दलहरूलाई तरङ्गित पार्दै पार्टी–पार्टीबिच झगडा गराउँदै टेन्डर परेका योजनाहरू समेत अलपत्र पर्ने अवस्थामा पु¥याएका थिए ।

प्रचण्डको प्रधानमन्त्रीत्व कालमा  सत्तामा बसेर राजनीतिलाई नै धरापमा पार्ने किसिमका गतिविधि गरेपछि सङ्घ र प्रदेशमा बारम्बार सरकार विघटन भएको थियो । सो कारण  कतिपय योजना समेत अलपत्र अवस्थामा पुगेका थिए । प्रचण्डले त्यो मात्र गरेनन्–सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछानेलाई समेत गोजी मैँ बोकेर हिँडेका थिए ।  सहकारी ठगीका आरोपित रास्वपा सभापति लामिछाने अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री थिए । लामिछानेको बचाउनमा प्रचण्डले सके जति सत्ता र शक्तिको दुरुपयोग गरेर प्रहरी प्रमुखलाई नै झुट्टो विज्ञप्ति निकाल्न लगाएर लामिछाने निर्दोष भएको भन्दै सांसदबाट नै अभिव्यक्ति दिएका थिए  ।

प्रचण्ड नेतृत्वको सरकारमा लामिछानेमाथि नेपाली काँग्रेसले माग गर्दा बारम्बार संसद् नै अवरुद्ध बन्न पुगेको थियो । देशमा देखा परेको सहकारीको समस्या समाधान गरेरै छोड्ने नेपाली काँग्रेसको अठोटका कारण सहकारी ठगी सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि सहकारी ठगी प्रकरण अनुसन्धान काँग्रेस र एमाले नेतृत्वको सरकारले अघि बढाएको हो । प्रचण्ड अहिले पनि लामिछानेमाथि गरिएको छानबिनका बारेमा समेत सरकारको विरोध जनाइरहेका छन् । त्यहीबाट प्रचण्डको अविश्वास र प्रचण्ड सरकार के होला भनेर भ्रममा परेका छन् । 

सरकारमा तीन/चार पटकसम्म पनि राजनीतिक वृत्तमा नै असर पर्ने गरी गठबन्धनको सरकार विघटन गरेर शासन चलाउँदै आएका प्रचण्ड अहिले कसरी सत्तामा जान सकिन्छ ? भन्ने विषयमा भ्रम छरेर सडकमा जनता उतारेर सरकारका काम कारबाही गठप्प पार्ने रणनीति प्रचण्डले बनाएपनि दुई तिहाईके कांग्रेस र एमाले प्रचण्ड छट्पटीले विभिन्न स्थानमा सरकारको विरोध गर्दै हिँडिरहेका छन् । , प्रचण्ड । कसरी काँग्रेस र एमालेबिच गठबन्धन भत्काउने भन्दै केन्द्रबाट झुट्टा प्रचार गरेर स्थानीय तह देखी केन्द्रमा समेत रहेका माओवादी नेता तथा कार्यकर्ताहरूलाई सरकारका बारेमा भ्रम फैलाउन प्रेरित गर्ने किसिमका गतिविधिहरू गरिहरेका छन् । 

प्रचण्डले गरेको झुट्टो भ्रम नपर्न आग्रह गर्दै नेपाली काँग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले आगामी २०८४ को निर्वाचनसम्म नै गठबन्धन नटुट्ने सरकारले धारणा सार्वजनिक गरिसकेका छन् । नागरिकहरुले बढी हल्लाको पछि लाग्न नहुने प्रधानमन्त्रीले बताइसकेका छन् । संविधान संशोधन गर्ने विषयमा सरकार पूर्ण विश्वासमा रहेको काँग्रेस तथा एमाले सरकारले बताइसकेको छ । सरकार गठन गर्दा सात बुँदे सम्झौता बमोजिम संविधान संशोधन हुने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही कुरा बताउँदै आएका छन् । संविधान संशोधनको विषयमा सरकारले कुरा उठाउँदा सत्ता प्रतिपक्ष दलहरूले आपत्ति जनाउँदै आइरहेकाले प्रधानमन्त्री ओली तत्काल संविधान संशोधन नहुने बताएका थिए । तर पछि प्रधानमन्त्री ओलीले सरकारले संविधान संशोधनका लागि गरेको सहमति आफूले नबिर्सिएको तर सत्ता प्रतिपक्ष दलहरूले आपत्ति जनाएकाले छलफल गर्दा ढिलो हुने बताएको उल्लेख गरिसकेका छन् ।  

माओवादीका नेता तथा कार्यकर्ताहरूले विभिन्न समाजमा भ्रम फैलाउने किसिमका गतिविधि गर्दा समेत कारबाही गर्न नसके अध्यक्ष प्रचण्डले  पार्टीको विधि विद्यानविपरित बोल्ने र पार्टीलाई असहयोग गर्ने नेता तथा कार्यकर्ताहरूमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तामाथि गरेको कारबाहीको विषयलाई लिएर दालमा चटनी मिसाउँदै आएका छन् ।  कारबाहीको प्रक्रिया प्रचण्डलाई  सो विषय भ्रम झर्ने चटनी भएको छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन र पार्टीलाई अनुशासनमा ल्याउन कारबाही गरेका हुन् । 

 सत्ताको छटपटीले तड्पिएका प्रचण्ड सोमबार सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए ।  त्यसपछि मङ्गलवार वर्तमान सरकार आफैँले आफ्नो आयु छोटाइरहेकाले वर्तमान सरकार धेरै नटिक्ने भन्दै जनतामाथि नकारात्मक भ्रम छरेका छन् ।  सिन्धुपाल्चोकको सुकुटेमा मङ्गलवार पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको भन्दै सरकारमाथि निधिन्न आरोप लगाइरहेका छन् । प्रचण्डले विगतको इतिहास फर्केर हर्न आवश्यक छ ।  विगतमा आफू प्रधानमन्त्रीमा हुँदा प्रचण्डले कस्ता गतिविधि गरेका थिए  । नयाँ सरकारको गठन भयो । सो विषय अध्यक्ष प्रचण्डले निकै गहिरिएर सोच्नुपर्ने बेला आएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *