राजनीति

 प्रचण्डका १३  एजेन्डासहितको विशेष अभियान जनतालाई भ्रममा पार्ने खेल ! 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँमा जनमत बढाउने उद्देश्यका साथ   विभिन्न १३  एजेन्डासहित विशेष अभियान चलाउने योजना  घोषणा गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न १३ एजेन्डासहित विशेष अभियान चलाउने योजना बनाएका हुन् । उक्त योजना काठमाडौँबाट जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले प्रस्तुत गरेका छन् । केन्द्रीय कार्यालयको प्रत्यक्ष मार्ग निर्देशन हुने गरी एक वर्षको उपत्यका विशेष अभियान कार्यक्रम सञ्चालन गरिने चण्डले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डको कार्य योजना केन्द्रीय समितिबाट स्वीकार भएपछि माओवादीले उपत्यका विशेष अभियान चलाउने तयारी गरेको छ ।आइतबारदेखि काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबारको सभा हलमा बैठक अहिले जारी छ।

यस्तै अध्यक्ष प्रचण्डले पार्टीको नीति कार्यक्रम र योजनाका सन्दर्भमा ११ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै माओवादीको रूपान्तरण र पुनर्निर्माणका लागि भन्दै ठोस नीति, कार्यक्रम र योजना अघि सारेका हुन् । प्रचण्डको प्रतिवेदनमा आत्मनिर्णयको अधिकार र जातीय पहिचानको मुद्दा ब्युँताउने ‘खास’ योजना पेस गरिएको छ । आत्मनिर्णयको अधिकार र स्वायत्ततासँग सम्बन्धित नीतिका आधारमा उत्पीडित जातीय, क्षेत्रीय, मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रचण्डको मुख्य सोच देशमा जातीय मुद्धालाई अगाडी बढाएर पुनः देशमा द्वन्द्व निम्त्याउने खेलमा लाग्ने समेत आसंका गरिएको छ । नेपालको सविधानले नागरिकहरु सबैलाई सम्मानताको हक तथा अधिकार प्रदान गरेको छ ।

‘सत्ता प्रतिपक्ष दल भएका हैसियतले पनि पार्टीको तर्फबाट उक्त एजेन्डाहरूको कार्यान्वयन गर्न सक्नुपर्ने हो तर प्रचण्डले विभिन्न एजेन्डाहरू तय गरेर शक्ति प्रदर्शन गर्न खोजेको देखिएको छ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उठाएका कुराहरू कार्यान्वयन गरेर समस्या समाधान गर्न सकेको अवस्थामा माओवादी केन्द्रलाई सबैले समर्थन गर्नेछन् । तर प्रचण्डले उठाएका एजेण्डा छलफल र प्रतिवेदनमा  नै सीमित हुने देखिन्छ  । 

अध्यक्ष प्रचण्डले सो एजेण्डा उठाएर काठमाडौँमा माओवादी पार्टी र असन्तुष्ट बनेका नेता तथा कार्यकर्ताहरुलाई एक ठाउँमा जम्मा गरेर पार्टी संगठनलाई बलियो बनाउने उपाय मात्र रोजेका हुन् । सो एजेन्डाका आधारमा पार्टी सङ्गठनलाई बलियो बनाउन रचिएको फन्डाका रुपमा  नागरिकहरूले बुझेका छन् । अघिल्लो सरकारमा हुँदा प्रचण्डले ठुला कुरा गर्दै देशमा अस्थिर राजनीतिलाई बढवा दिएको र समाजमा द्वन्द्व निम्त्याउने खेल खेलेको नागरिकहरूले बुझिसकेका छन् । 

यस अघिल्लो सरकारमा प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणका आरोपिहरुलाई बचाएको , सरकार बारम्बार ढाल्ने परम्परा बसाएका थिए । त्यसको असर आम नागरिकहरूमा परेको थियो । माओवादी नेतृत्वको सरकारमा हुँदा जातीय ,धार्मिक र वर्गीय द्वन्द्व चम्किएको थियो । तर अहिले काँग्रेस र एमाले नेतृत्वको सरकार गठनपछि त्यस्ता गतिविधिको अन्त्य भएको छ   ।  सरकार देशमा सुशासन कायम गर्दै देशको समग्र उन्नति र प्रगतिको दिशामा अघि बढेको छ । 

प्रचण्डले एउटा चुनौतीपूर्ण विषय समेत सो एजेन्डामा पेस गरेका छन् । उनले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीको समाधान दिने  विषय समेत सो एजेन्डामा पेस गरेका छन् । तर यो माओवादीका पार्टीका लागि फलामको चिउरा चपाउनु जस्तै हो । 

काठमाडौँ उपत्यका नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरूलाई हटाउन काठमाडौँ महानगरपालिकाका स्वतन्त्र मेयर बालेन शाह र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबिच निकै तर्क तथा विर्तक भएको थियो । त्यसपछि सरकारले नदी किनारमा बसेका नारिकहरुलाई एकै पटक हटाउँदा भोली विभिन्न जटिल समस्या पैदा हुने भन्दै सरकारले भ्याकेट निवेदन हालेपछि सर्वोच्चले नदी किनारका वस्ती तत्काल सार्न नमिल्ने आदेश जारी गरिसकेको छ ।

तर प्रचण्ड जनतालाई भ्रममा पारेर नेता तथा कार्यकर्ताको जनसभा देखाएर पार्टी सङ्गठनलाई बलियो बनाउन चाहान्छन् । प्रचण्डले समावेश गरेका विभिन्न् एजेन्डाहरूको समस्या समाधानका लागि सरकारका विभिन्न निकायहरूले काम गरिरहेका छन् । तर प्रचण्ड अहिले सत्तामा पुग्नका लागि विभिन्न फण्डाहरु रच्न व्यस्त छन् । तर अहिलेको सरकार दुई तिहाईँको भएकाले प्रचण्ड सत्तामा पुग्ने कुनै आधार छैन् । देशमा देखा परेको सहकारीको समस्या समाधानका लागि अहिलेको सक्रिय सरकारको प्रचण्ड विरोधमा उत्रिएका छन् । प्रचण्डले सहकारीको समस्या उठाउन चाहेका थिएनन् ।

तर कांग्रेस र एमाले नेतृत्वको सरकारले सो समस्या अनुसन्धान गरेर अगाडी बढाएपछि प्रचण्डको मनमा चिसो परेको छ । प्रचण्ड अहिले सहकारी ठगी प्रकरणका आरोपित हिरासतमा रहेका रास्वपा सभापति लामिछानेको बचाउमा लागेर सरकार विरोधी अभिव्यक्तिहरु सार्वजनिक कार्यक्रममैँ दिन थालेका छन् ।

प्रचण्डका १३  एजेन्डासहितको विशेष अभियान बुद्धाहरु :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *