राजनीति

कीर्तिपुरको मेयरमा २० जनाको उम्मेदवारी दर्ता

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयरको पदमा दलीय र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दिएका छन् । दलीय तर्फबाट नौ र ११ जना स्वतन्त्रको उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १३ जनाको उम्मेदवारी उमेदवारी दिएका छन् । आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ताकाे समय ताेकिएकाे थियाे । स्थानीय तहका रिक्त ४४ पदका लागि आगामी मंसिर १६ गते मतदान हुँदै छ । आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमानुसार, मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरिनेछ । मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । मंसिर ५ गते नै दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *