काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण आइतबारका लागि तय भएको बैठक अनिश्चिकालका लागि स्थगित भएको स्रोतले जनाएको छ ।
आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो । परराष्ट्रमन्त्री राणा काठमाडौं बाहिर रहेको र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोरले जानकारी दिए । अहिले परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी छन् ।
समिति सचिवालयका अनुसार आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीलाई समेत उपस्थित गराएर छलफल गर्ने तयारी थियो । अर्को बैठक कहिले बस्ने भन्ने विषयमा मिति भने पुनः तय भएको छैन् ।




