राजनीति

‘एक्जिट पोलिसी’ लोकतन्त्रमा सर्वमान्य हुँदैन् : ज्ञानेन्द्र कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रमा ‘एक्जिट पोलिसी’ सर्वमान्य नहुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै कार्कीले लोकतन्त्रमा निर्वाचनमा सबैले सयौँ पटक लड्न सक्ने भन्दै महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको ‘एक्जिट पोलिसी’ लोकतन्त्रमा सर्वमान्य नहुने उल्लेख गरे । ‘विश्वप्रकाशजीले ल्याएको एक्जिट पोलिसी अपरिपक्व भएको टिप्पणी गर्दै उनले उक्त पोलिसी अव्यावहारिक हुने बताए ।

महामन्त्री शर्माले बैठकमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन पेस गरेपछि अहिले उक्त विषयमा विवाद सिर्जना भएको छ । उक्त विषयमा पार्टीभित्रको समस्या समाधान गर्न सभापति देउवाले महामन्त्री शर्माले केन्द्रिय समितिमा पेश गरेको प्रतिवेदन परिमार्जन गर्ने तयारी गरेका छन् ।

कांग्रेस नेता कार्कीले महाधिवेशनको मिति तोक्न दबाब आइरहेको भएपनि अहिले मिति निर्धारण गर्न आवश्यक नरहेको बताए । अन्तरघात संगठित रूपमा बढ्न थालेकाले कार्कीले सत्ता गठबन्धनको विषयलाई अहिले बहसमा ल्याउन आवश्यक नरहेको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *