देश

सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल र रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् ।

आज बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाल र रजिस्ट्रारमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाले यो पद रिक्त भएको थियो । रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने उक्त आयोगले निर्णय गरेको छ ।

रजिस्ट्रारको कार्यकाल ३ वर्ष हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *