रिबन

जापान एयरलाइन्सको विमान धावनमार्गमा अवतरण गर्दा आगलागी, ३७९ यात्रुलाई बाहिर निकालियो

काठमाडौं । जापान एयरलाइन्सको विमान टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्दा आगलागी भएको छ । प्रसारणकर्ता एनएचके टेलिभिजले विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखाएको छ।

सपोरोबाट उडेको विमान मंगलबार साँझ तटरक्षकको विमानसँग ठोक्किएको एनएचकेले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ। विमानमा रहेका सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको मिडिया रिपोर्टले एयरलाइन्सलाई उद्धृत गर्दै जनाएको छ।

जापान एयरलाइन्सको फ्लाइट ५१६ को विमान स्थानीय समय ४ बजे नयाँ चितोसे विमानस्थलबाट प्रस्थान गरेको थियो । वमान १७ः४० मा हानेडामा अवतरण गर्ने तालिका थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *