खेलकुद

११४ स्वर्णका साथ एशियन गेम्समा चीनको वर्चस्व कायमै

काठमाडौँ । १९औं एशियन गेम्समामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । ११४ स्वर्ण, ६८ रजत र ३४ कास्य पदकसहित कुल २१६ पदक जितेर आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको हो ।

गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा टिक्न शनिबार पनि सफल भएको छ । जापानले २८ स्वर्ण, ३८ रजत र ३८ वटा कास्य पदक जितेको छ भने तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले २७ स्वर्ण, २९ रजत र ५३ कास्य गरी कुल १०९ पदक हात पारेको छ ।

गत बिहीबारको तुलनामा शुक्रबार केही प्रगति गरेको भारतले शनिबार पनि त्यसलाई निरन्तरता दिएको छ । शुक्रबार चौथो स्थानमा उक्लन सफल भारतीय खेलाडीले १० स्वर्ण, १४ रजत र १४ वटा कास्य पदकसहित कुल ३८ पदकसहित चौथो स्थान सुरक्षित गरेका छन् ।

शुक्रबार पाँचौ स्थानमा रहेको थाइल्याण्डलाई पछि पार्दै उज्वेकिस्तान अघि बढेको छ । दश स्वर्ण, ११ रजत र १६ वटा कास्य जितेको उसलाई आफ्नो स्थान सुनिश्चित गर्न धौ–धौ परेको छ । आठ स्वर्ण, ४ रजत र १४ थाइल्याण्ड छैटौँ स्थानमा झरेको छ ।

एशियाडको पछिल्लो पदक तालिकाअनुसार चाइनिज ताइपेइ, हङकङ, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र इरान क्रमशः सातौ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् । चाइनिज ताइपेइले ७, हङकङले ५, उत्तर कोरियाले ४ र इरानले ३ वटा स्वर्ण पदमा चित्त बुझाएका छन् ।

शनिबार महिला भारत्तोलनमा एउटा स्वर्ण पदक जितेर इरानलाई पाखा लगाउँदै उत्तर कोरिया नवौँ स्थानमा उक्लिएको हो । राजनीतिक प्रतिद्वन्द्वी दक्षिण कोरियालाई उत्तरले हराएको हो ।

उत्तर कोरियाले अहिलेसम्म ५ स्वर्ण, ७ रजत र ३ कश्य पदक जितेको छ भने इरानले ३ स्वर्ण, ११ रजत र ११ काश्यसहित कुल २५ पदक जितेको छ ।

४५ देशले भाग लिएको यस एशियन गेम्समा कुल ३४ देशले पदक जितेका छन् भने २४ देशले अहिलेसम्म स्वर्ण पदक जित्न सफल भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *