विश्व

भारतले नेपाल–भारत सीमा नाकामा १९ वटा भन्सार कार्यालय स्थापना गर्ने

काठमाडौं । बिहारका विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने भारतीय गृहमन्त्री अमित शाहले बताएका छन् ।
जोगबनी एकीकृत जाँच चौकी नजिक नयाँ भन्सार कार्यालयको शिलन्यास गर्दै शाहले यस्तो बताएका हुन् । ल्याण्ड पोर्ट अथोरिटी अफ इन्डियाले नेपाल र भारतबीचको व्यापारमा महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताए ।

नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित विहारमा १० स्थानमा भन्सार कार्यालय स्थापना गर्न लागिएको उनले बताएका हुन् ।

पहिचान गरिएका नयाँ ‘ल्याण्ड कस्टम स्टेसन’ (एलसीएस) ले ट्रान्जिट, भन्सार सेवा, अध्यागमन सेवा र कार्गो ह्याण्डलिङ गर्नेछन् । नेपाल–भारतबीच हुने वस्तु आयात–निर्यात र यात्रुको आवतजावतमा समेत ती कार्यालयले सेवा प्रदान गर्ने भारतीय सञ्चार माध्यम ‘बिजनेस स्ट्याण्डर्ड’ले जनाएको छ ।

भारतले नेपाल–भारत सीमा नाकामा कूल १९ यस्ता कार्यालय स्थापनाको थप्ने योजनालाई प्राथमिकताका साथ हेरेर अघि बढाएको उनको भनाइ छ । जसमध्ये १० कार्यालय बिहार राज्यमा मात्रै खोलिनेछन् । १० कार्यालयहरु बिहारको विभिन्न जिल्लामा स्थापना हुनेछन् । जसमध्ये कृष्णगञ्ज, सिटामर्ही, सुपाल, मधुबानी, पश्चिम चम्पारण लगायतका जिल्लामा स्थापना हुनेछन् । एकीकृत जाँचचौकीबाट दैनिक ७ हजार ट्रक आवतजावत गर्ने शाहले जानकारी दिए । यो भनेको नेपाल र भारतबीचको कुल व्यापारको १४ प्रतिशत हाे उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *