काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । ५८ रन बनाएर खेलिरहेका आसिफ सेख आउट भएका छन् । आसिफलाई मोहमद सिराजले आउट गरेका हुन् ।
अहिले गुलशन झा १८ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन दिपेन्द्र सिंह ऐरी मैदानमा आएका छन् ।
यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।
एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ ।




