खेलकुद

पहिलो पावरप्लेमा भारतविरुद्ध नेपालको उत्कृष्ट खेल

काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध उत्कृष्ट खेल कौशल देखाएको छ । १०औं ओभरको खेल सकिँदा नेपालले ६५ रन पूरा गरेको छ ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आशिफ शेख भारतविरुद्ध प्रभावकारी देखिएका छन् । कुशल ३८ र आशिफले २३ रन बनाएका छन् ।टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका हुन् ।

नेपालविरुद्ध भारतका खेलाडी फिल्डिङमा कमजोर देखिएका छन् । भारतले नेपालका खेलाडीका तीनवटा क्याच ड्रप गरेका छन् । कुशलले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *