काठमाडाैं । एसिया कपमा नेपालले भारतसँग टस हार्दै पहिले ब्याटिङकाे निम्ताे पाएकाे छ । भारतीय क्रिकेट कप्तान राेहित शर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
श्रीलंकाकाे काेलम्बाेस्थित क्यान्डी रंगशालामा साेमबार दिउँसाे सवा ३ बजेदेखि नेपाल र भारतबीच खेल हुँदैछ । नेपालले पहिले ब्याटिङ गर्ने छ ।
क्यान्डीमा आज पनि खेल बर्षाले प्रभाव पार्ने अनुमान गरिएको छ । सोमबार बिहान पल्लेकेलमा झन्डै ६० प्रतिशत पानी पर्ने सम्भावना छ । यद्यपि, टसको समयमा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे भने वर्षा हुने सम्भावना २२ प्रतिशत छ र यो बेलुका ६ बजेसम्म रहनेछ । खेलको दोस्रो हाफमा पानी पर्ने सम्भावना ६६ प्रतिशत हुनेछ । यस्तो अवस्थामा फेरि शनिबारको भारत–पाकिस्तानको खेल जस्तै आधा खेल मात्रै देख्न सकिने सम्भावना रहेको छ ।
नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
भारतीय प्लेइङ-११ : रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी र मोहम्मद सिराज ।




