खेलकुद

सन्दीप लामिछानले लिए पहिलो विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं।पाकिस्तानविरुद्ध सन्दीप लामिछानले पहिलो विकेट लिएका छन् । उनले आगा सलमानलाई पाँच रनमा आउट गरेका हुन् ।

योसँगै नेपालले पाकिस्तानविरुद्ध चौथो विकेट लिएको छ । पाकिस्तानका मोहमद रिवाज ४४ रन बनाउँदा रनआउट भएका हुन् ।

२३‍.४ ओभरमा सन्दीप लामिछानलेको बल रिजवानले फेस गरेका थिए । यस क्रममा दीपेन्द्र सिंह ऐरीले बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गर्दा उनी आउट भएका हुन् ।

यस्तै, नेपालका लागि दोस्रो विकेटमा कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका थिए ।

यसैगरी, करण केसीले पहिलो विकेट लिएका थिए । उनले ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *