खेलकुद

पाकिस्तानमाथि नेपालको जित, आशिषको डेब्यू गोल

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपलाले पाकिस्तानलाई हराएको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको दोश्रो हाफमा आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोश्रो हाफको ७९ औं मिनेटमा गोल गरेका हुन् ।

साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन ।

समूह ‘ए’ मा रहेको नेपाल ३ खेलमा एक जित निकाल्दै बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अंक विहीन रहदै पुछारमा रहेर बाहिरिन पुगेका हो ।

दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन ।

जसअनुसार पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *