खेलकुद

वेस्टइन्डिजका मयर आउट, करन केसीले लिए पहिलो विकेट

काठमाडौं । आईसीसी विश्वकप क्वालिफायरअन्तर्गत एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजको पहिलो विकेट पतन भएको छ । नेपालका करन केसीले वेस्टइन्डिजका मयरलाई आउट गरेका हुन् ।

दुई ओभर सकिँदा वेस्टइन्डिजले मात्र दुई रन बनाएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । जिम्बावेमा जारी प्रतियोगितामा नेपालले आजको खेलमा टिममा कुनै पनि परिवर्तन गरेको छैन।

अमेरिकासँग खेलेको टिम नै मैदानमा उत्रिएको छ। चारपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको आजको खेल नेपाली क्रिकेट इतिहासकै हालसम्मको सबैभन्दा ठूलो खेल हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *