काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप कवालिफायरमा टेस्ट राष्ट्र जिम्बाबेविरुद्ध शानदार शुरुवात गरेको छ ।
टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपाली ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका छन् ।
नेपालले २२.५ ओभरमा कुनै विकेट नगुमाएर सय रन पुरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले ६० रन बनाएका छन भने आसिफ सेख ३३ रन बनाएर खेलिरहेका छन् ।




