खेलकुद

जिम्बाबेविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

काठमाडौं । नेपालका ब्याटसमेन कुशल भुर्तेलले आईसीसी विश्वकप छनोट खेलमा जिम्बाबेविरुद्ध अर्धशतक प्रहार गरेका छन् । ६४ बल खेलेका उनी ५१ रन बनाएर क्रिजमा छन् ।

२० ओभरको खेल सकिँदा नेपालले एउटा पनि विकेट गुमाएको छैन । नेपालका ओपनर ब्याटसमेन जोडी कुशल र आशिफ शेख मैदानमै छन् । नेपालले विना विकेटको क्षतिमा ८६ रन जोडेको छ ।

नेपालले पहिलो खेलमा राम्रो प्रदर्शन गरिरहेको छ । ब्याटसमेन मैदानमा सेटिङ भइसकेकाले अब स्कोर बढ्ने अपेक्षा गरिएको छ । आशिफ शेखले ३१ रन जोडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *