खेलकुद

सन्दीपले तोडे रसिद खानको रेकर्ड, ४२ खेलमा लिए १०० विकेट

काठमाडौं । सन्दीप लामिछानेले बिहीबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कपमा शुक्रबार ओमानका अलि साफिकको विकेट लिएर उनले नयाँ कीर्तिमान बनाएका हुन् ।सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए ।


ओमान अहिले १२ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएर खेलिरहेको छ । नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *