काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम हटाएको छ ।
स्थानीय तहको चुनावमा उम्मेदवार भएका तर चुनावी खर्च विवरण नबुझाएका ३६९ जना, दाबी विरोधमा जाँचबुझबाट ५४८ जना र लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ कूल ६ हजार ४ सय ५७ जना उम्मेदवार रहेका छन् ।




