समाचार

बझाङको बुङ्गलमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिए

बझाङ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिएका छन् ।
डरारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा मृत्त भेटिएको वडा नम्बर-९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिएका छन् ।

मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । गए राति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *