काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली र नेवारी भाषामा सपथ लिएका छन्।
सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शाहलाई सपथ ग्रहण गराएका हुन् ।
सुरूमा उनलाई प्रमुख निर्वाचन अधिकृत खतिवडाले नेपालीमा सपथ गराएका थिए । त्यसपछि आफैंले नेवारी भाषामा उनले सपथ खाए ।




