काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार शाहले १० हजार मत कटाएका छन् । उनले हालसम्म १० हजार २४१ मत पाएका छन् ।
शाहलाई नेकपा एमालेका केशव स्थापितले ५ हजार ४५३ मतसहित पछ्याइरहेका छन् । उनी बालेनभन्दा ४ हजार ८ सय बढी मतले पछि छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत पाएर एमालेलाई पछ्याइरहेकी छन्।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ।



